Main News
काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा
२०७७ कार्तिक २१ गते १८:३१

२१ कात्तिक, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यप्रगति हेर्न आज काष्ठमण्डप पुगेका मन्त्री ज्ञवालीले स्थानीय बासिन्दाको सहभागिता हुँदा तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम भइरहेको बताउनुभयो ।
स्थानीयको सहभागितामा हुने पुनर्निर्माणले सम्पदाको मौलिक स्वरुप नबिग्रिने पनि उहाँले बताउनुभयो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको बैशाख १२ गते उद्घाटन गर्ने गरी काम भइरहेको छ ।
प्रतिक्रिया