दैजी–जोगबुढा–बुडर सडक निर्माणको काम तीब्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २० गते २०:१९
दैजी–जोगबुढा–बुडर सडक निर्माणको काम तीब्र (भिडियोसहित)

२० कात्तिक, २०७७, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने बैकल्पिक राजमार्गका रुपमा रहेको दैजी जोगबुढा बुडर सडक निर्माणको काम अघि बढेको छ । संघ र प्रदेश कसले निर्माण गर्ने भन्ने विवादका कारण रोकिएको यो सडक प्रदेश सरकारले नै अघि बढाउन लागेको हो ।

पहिले लामो समयको यात्रा गनुपर्ने यात्रीलाई दैजी जोगबुढा सडकको निर्माण कार्य सम्पन्न भए जोखिम पूर्ण यात्रा नगरी सजिलै यात्रा गर्न पाउने अपेक्षा छ ।

विगतका वर्षमा दैजी हुँदै जोगबुढा पुग्नका लागि दुई दिन सम्म हिँड्नु पर्थ्यो । धुले कच्ची सडकमा निक्कै जोखिमपूर्ण तरिकाले गाडी चलाउनु पर्यो । जंगलको अप्ठ्यारो बाटोमा गाडी विग्रिए चालक र यात्रुकै बिचल्ली हुने गरेको थियो । तर अब भने गाडी चलाउन पनि सहज हुने चालकहरु बताउछन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी ७ वटा जिल्ला जोड्ने बैकल्पिक राजमार्गका रुपमा रहेको दैजी, लिप्ना, जोगबुढा र बुडर सडक निर्माण कार्य केहि समय यता तिब्र गतीमा अगाडी बढेको छ । दैजीदेखि छेला सम्म सडक कालोपत्रे भइसकेको छ । छेलादेखि बेदकोट तालसम्म तीहार अघि नै कालोपत्रे गर्ने तयारी छ ।

आफ्नो गाउँ ठाउँको सडक पिच हुन थालेकोमा स्थानीयबासिन्दा पनि खुसी छन् ।

दैजी जोगवुढा सडकको दैजी देखी लिप्नासम्म झण्डै १७ किलोमिटर सडक निर्माणका लागि नागार्जुन कन्ष्ट्रक्शनसँग १६ करोेड ३८ लाख ५३ हजार ८ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । दैजी जोगवुढा सडक खण्ड कालोपत्रे भैसके पछि सुदूरपश्चिमका पहाडी जिल्ला उक्लिनलाई निक्कै सजिलो हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *