सडक कालोपत्रे नभएको विरोधमा ललितपुरको सुनाकोठीमा प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १८:१३
सडक कालोपत्रे नभएको विरोधमा ललितपुरको सुनाकोठीमा प्रदर्शन (भिडियोसहित)

१९ कात्तिक, २०७७, ललितपुर । सडक कालोपत्रे नभएको भन्दै ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् ।

सडक कालोपत्रे गर्न माग गर्दै उनीहरु तीनदिनदेखि आन्दोलनमा छन । ठेकेदारले अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ । स्थानीयबासिन्दा एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्न आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताउनुभयो ।

विकास निर्माणको काम नगर्नेलाई राजनीतिक संरक्षण भैरहेको स्थानीयको गुनासो छ । ८ मिटर चौडा सडक २२ मिटर बनाउन ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ ।

सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक पटक अनुरोध गर्दै विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *