आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दैलेखको गुराँसे (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १४:५३
आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दैलेखको गुराँसे (भिडियोसहित)

१६ कात्तिक, २०७७ सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो । दैलेख र सुर्खेतका बासिन्दा लाली गुराँस फुल्ने सिजनमा मात्रै यो ठाउँमा घुम्न जान्थे र गुराँस हेरेर फर्कन्थे ।

तर अहिले गुराँसेमा कृत्रिम गुराँसको फूलसहित गुराँस भ्यु टावर निर्माण भएपछि कोरोना महामारीकै बीच पनि यहाँ पर्यटकीय गतिविधिले तिव्रता पाएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट २५ किलोमिटर सडक यात्रा गरेपछि दैलेखको गुराँसेमा पुग्न सकिन्छ । गुराँस फुल्ने सयमा यहाँको वन गुराँसले रातै हुनेगर्छ । गुराँस फुल्ने सिजनमा हुने भीडले यसलाई पर्यटकीय गन्तव्यको क्षेत्रमा परिचित बनाएको थियो । तर अहिले यहाँ गुराँस नफुल्ने समयमा पनि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

कृत्रिम रुपमा गुराँसको रुखमा फूल, पशुपंशीको आकृति निर्माण गरेपछि कोरोनाकै महामारीकै बीचमा पनि पर्यटकीय गतिविधि बढेको छ । जैविक विविधता झल्काउने कृत्रिम गुराँसको बोटमा बाघ, डाँफे, गिद्ध, चरा, सर्पलगायतका आकृतिमा टिकटक बनाउने र फोटो खिच्नेहरुको समेत भीड लाग्ने गरेको छ ।

गुराँसेमा भ्यू टावर पनि बनाइएको छ । यहाँबाट सुर्खेत र अछामका विभिन्न भू–भाग, बर्दियाका फाँट, सिंगो दैलेखलगायत सिस्ने हिमाल, अपि सैपालको दृश्यावलोकन गर्न सकिन्छ ।

सुर्खेत दैलेख सडक खण्ड हुँदै दिनहुँ हजारौं यात्रु यात्रा गर्छन् । यो सडक हुँदै ओहोरदोहोर गर्नेका लागि भ्यु टावर रोजाइमा पर्ने गरेको छ । जसले स्थानीय बासिन्दालाई व्यवसाय प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय दैलेखको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा गुराँस गाउँपालिका ५ गुराँसेको सरस्वती सामुदायिक वनमा भ्यु टावर निर्माण गरिएको हो ।

६१ लाख ९५ हजारको लागतमा घेरबार, गुराँसको रूख निर्माण तथा पत्थर बिछ्याउने कार्य सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *