बाँकेमा जुवा खेलिरहेका दश जना जुवाडे साढे २९ लाखसहित पक्राउ

१३ कात्तिक, २०७७, बाँके । प्रहरीले बाँकेको नेपालगन्जमा जुवा खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज वडा नम्बर–४ बसपार्कस्थित नेपाल प्रहरीका पूर्व असई कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको अवस्थामा साढे २९ लाख रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बस्ने कृष्ण सुबेदी, सन्तोष थापा, वडा नम्बर–६ बस्ने मेघनाथ कुचबन्दिया, नेपालगन्जको न्यु रोड स्थित फिक्स सपिंगका मालिक वडा नम्बर–४ बस्ने नविन घिमिरे, वडा नम्बर– १० बस्ने टोप बहादुर शाही, वडा नम्बर–४ बस्ने पब्लु भण्डारी, वडा नम्बर–४ बस्ने तरुण गौतम, वडा नम्बर–७ बस्ने रवि राणा, मेघाश्री गुट्खा कम्पनीका मालिक वडा नम्बर–४ बस्ने सन्तोष ओली, वडा नम्बर–१ धम्बोझी बस्ने रहमान मिया छन् ।
पक्राउ परेका जुवाडेलाई जुवा ऐन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
पक्राउ परेका ब्यक्तिहरु चाडपर्वका बेला मात्र नभई वर्षभरी नै जुवा खेलाउने र खेल्ने ब्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया