कञ्चनपुरमा दोधा नदी कटान रोक्न के छ योजना ? यस्तो छ स्थानीयको माग(भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १४:२०
कञ्चनपुरमा दोधा नदी कटान रोक्न के छ योजना ? यस्तो छ स्थानीयको माग(भिडियोसहित)

१३ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने लालझाडी गाउँपालिकामा दोधा नदीले कटान गर्दा स्थानीय बासिन्दाको जमिन बगर बनेको छ ।

भदौमा आएको बाढीले जमिन कटान गर्दा झोलुङ्गे पुलको पिल्लर पनि बगायो । त्यसपछि अहिले पुल निर्माणको काम रोकिएको छ ।

तपाईँले नदीको बीचमा देखिरहेको यो झोलुङ्गे पुलको पिल्लर हो । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा दुई गाउँ शिगल पट्टी र डागल पट्टी जोड्ने गरी दोधा नदीमाथि झोलुङ्गे पुल बनाइँदै थियो ।

खम्पाचे थानी बिएम जिबी काठमाडौंले यो पुल निर्माण गरिरहेको थियो । तर पुलको पिल्लर भदौमा आएको बाढीले बगायो ।

बाढीले जमिन नै कटान गरेपछि पिल्लर बगाएको हो । यसको अध्ययन गरेर निर्माणको कार्य फेरि शुरु गर्ने पूर्वाधार विकास कार्यालयको तयारी छ ।

बाढीले पुल मात्र बगाएन, स्थानीय बासिन्दाको जमिन पनि कटान गर्‍यो । त्यसैले गाउँपालिकाले पुल पनि जोगिने र गाउँलेको जमिन पनि जोगिने गरी नदीमा तनबन्ध बनाउन संघीय सरकार प्रदेशसरकारसँग समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *