हुम्लाको ताँजाकोट गाउँपालिकाका सम्पूर्ण नाका पाँच दिनका लागि बन्द
२०७७ कार्तिक १२ गते १३:३३

१२ कात्तिक, २०७७ हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि सबै नाका बन्द गरेको छ ।
गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना सङ्क्रमण जोखिम बढेकाले गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो ।
ताँजाकोटले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरेको हो । हुम्लामा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया