छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले बनायो गौशाला (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १८:१५
छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले बनायो गौशाला (भिडियोसहित)

११ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि वडा नम्बर ९ मा पर्ने वृन्दावन समुदायिक वनमा गौशाला निर्माण गरेको छ । करिब ४० बिगाहामा नगरपालिकाले ४० लाख खर्च गरेर बनाएको गौशालामा २ सय ६५ चौपाया छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छाडा चौपाय व्यवस्थापन नहुँदा लामो समयसम्म गाडी दुर्घटना र बाली सखाप हुने गर्दथ्यो । तर अहिले शुक्लाफाँटा नगरपलिकाले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरेको छ ।

जसले छाडा चौपायाबाट हुने दुर्घटना कम भएको छ । किसानको बाली केही हदसम्म जोगिएको छ । किसानलाई रातभरि जागा बसेर बाली कुर्नु पर्ने बाध्यता हटेको छ ।

गौशाला निर्माण भए पनि शुक्लाफाँटा नगरपालिकाका १२ वडामा करिब १ लाखको हाराहारिमा छाडा चौपाया रहेकाले सबैको व्यबस्थापन गर्न कठिन छ ।

गौशाला व्यवस्थापनमा निकै सुधार गर्नु जरुरी छ । तर आर्थिक स्रोत नहुँदा व्यवस्थापन गर्न कठिन छ । यसका लागि व्यवस्थापनले प्रदेश सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरेको छ ।

अहिलेका समयमा छाडा चौपायाको समस्या शुक्लाफाँटामा नगरपालिकामा मात्र नभई देशैभरी छ । यसको व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *