प्रहरीमाथि बारामा भारतीय नागरिकद्वारा गोली प्रहार

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १९:०१
प्रहरीमाथि बारामा भारतीय नागरिकद्वारा गोली प्रहार

५ कात्तिक, २०७७ बारा । बारामा एक जना भारतीय नागरिकले प्रहरीमाथि गोली हानेका छन् ।

सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहाले प्रहरीमाथि गोली चलाएका हुन् ।

प्रहरीको जबाफी कारबाहीमा कुशवाहा घाइते भएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहामाथि शंका लागेर रोक्न खोज्दा उनले प्रहरी माथि लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीको जबाफी कारबाहीमा कुशवाहाको बायाँ पाखुरामा गोली लागेको छ । घाइते भएका कुशवाहालाई कलैया अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *