चार लाख घुससहित प्रहरी हवल्दार दम्पती अख्तियारको नियन्त्रणमा
२०७७ असोज ३० गते १७:१२

३० असोज, २०७७ बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
सहानी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हुन् । अख्तियारले सहानीकी श्रीमती निर्मला केवटलाई पनि पक्राउ गरेको छ ।
सियारी गाउँपालिका वडा नम्बर ७ स्थित खनाल मिठाई पसल नजिकबाट सहनी दम्पतीलाई ४ लाख रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
हवल्दार सहनीले एक सेवाग्राहीलाई धरौटीमा छुटाइदिन सहयोग गरे वापत घूस लिएका थिए । रंगेहात पक्राउ गरेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया