सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द गरिने

हिमालय टिभी
२०७७ असोज २६ गते १३:२९
सिद्धार्थ राजमार्ग दैनिक तीन घण्टा बन्द गरिने

२६ असोज, २०७७, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड आजदेखि दैनिक ३ घण्टा बन्द गरिने भएको छ ।

पाल्पा–बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्मको पहिरो सफा गर्नेुपर्ने भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको हो ।

आजदेखि असोज २९ गतेसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दैनिक ५ हजार भन्दा बढी साना ठूला सवारी साधन गुड्ने सडकमा चाडपर्वको समयमा सडक बन्द भएपछि समस्या हुने यात्रुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *