तीन जना चिकित्सकमा कोरोना पुष्टि भएपछि मेची अस्पतालको ओपीडी सेवा बन्द

हिमालय टिभी
२०७७ असोज २३ गते १७:५०
तीन जना चिकित्सकमा कोरोना पुष्टि भएपछि मेची अस्पतालको ओपीडी सेवा बन्द

२३ असोज, २०७७, झापा । मेची अंचल अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भए पछि ओपीडी सेवा बन्द भएको छ ।

अस्पतालका १ जना फिजिसिएन, १ जना रेडियोलोजिस्ट र १ जना मेडिकल अफिसरमा आज बिहानको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो ।

केही दिनअघि अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलमा कोरोना पुष्टि भएसँगै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर र केही चिकित्सक तथा कर्मचारी होम क्वारन्टिन तथा होटल क्वारन्टिनमा बसेका छन् ।

जनशक्ति कम भएपछि हाल अस्पतालको इमर्जेन्सी सेवा मात्र सञ्चालनमा रहेको मेडिकल अफिसर डाक्टर लोचनबाबु संजेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *