डाक्टर केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

२१ असोज, २०७७ पर्सा । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ ।
चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनशन, लुटतन्त्र बन्द गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाल चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले एउटा सत्याग्रही १९औं पटक अनशनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।
डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन सडकमा आएको प्रदर्शनकारीले बताएका छन ।
२४ दिन अघि जुम्लाबाट अनशन शुरु गरेका डाक्टर केसी अहिले शिक्षण अस्पतालमा हुनुहुन्छ ।
प्रतिक्रिया