बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रदेश सरकारको निर्णय

हिमालय टिभी
२०७७ असोज २० गते १५:०९
बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रदेश सरकारको निर्णय

२० असोज, २०७७ काठमाडौं । राजधानी दाङ बनाउने प्रस्तावका कारण विवाद बढिरहेका बेला प्रदेश ५ सरकारले बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको छ ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको विकासलाई प्राथमिकतामै राखिएकोले ढुक्क हुन सबैलाई अपील गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले दाङ राजधानी बनाउने प्रस्ताव उपयुक्त भएको र विशेष समितिकै सिफारिसका आधारमा प्रदेशको राजधानी प्रस्ताव गरिएको बताउनुभयो ।

सहमतिका लागि प्रयास नगरेको भन्ने कांग्रेसको आरोपको मुख्यमन्त्री पोखरेलले खण्डन गर्नुभयो । सहमति जुटाउने प्रयास गर्दा समेत कांग्रेसले नमानेको उहाँले बताउनुभयो ।

राजनीतिक स्वार्थ राखेर दाङ राजधानी बनाउने प्रस्ताव गरिएको भन्ने कांग्रेसको आरोपको पनि मुख्यमन्त्री पोखरेलले प्रतिवाद गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *