सत्तारुढ नेकपाको सचिवालय बैठक आज

हिमालय टिभी
२०७७ असोज १७ गते ८:०३
सत्तारुढ नेकपाको सचिवालय बैठक आज

१७ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा पछिल्लो समय प्रधानमन्त्रीले गरेका राजनीतिक नियुक्ति माथि विवाद भएपछि छलफल हुन लागेको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलका आधारमा आजका लागि सचिवालय बैठक तय गरिएको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक आयोगमा नियुक्तिबारे पनि छलफल हुने नेकपाले जनाएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको हल्लापछि सरकारका काम प्रभावित भएकोले तत्काल एउटा निचोडमा पुग्नेगरी निर्णय हुने नेताहरुले बताएका छन् । बैठकमा सरकारले बिहीबार गरेको नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले शंकरदास बैरागीलाई मुख्य सचिव बनाउँदै पुर्व अर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । यी निर्णयलाई लिएर नेकपामा चर्को असन्तुष्टि देखिएको छ ।

सरकारी नियुक्तिबारे पार्टीमा छलफल हुनुपर्ने निर्णय विपरित प्रधानमन्त्री एकलौटी रुपमा अघि बढेको भन्दै नेकपाका अरु नेता असन्तुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *