प्रदेश राजधानी भालुवाङ प्रस्ताव गरेको विरोधमा संसद बैठक अवरोध गर्ने कांग्रेसको निर्णय

१७ असोज, २०७७, बुटवल । सरकारले राजधानी सम्बन्धी प्रस्ताव एकलौटी रुपमा पेश गरेको भन्दै नेपाली कांग्रेसले प्रदेश संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले कार्यव्यवस्था समितिलाई समेत छलेर प्रस्ताव ल्याइएको भन्दै त्यसको विरोध गरेको हो।
संसदीय दलका नेता वीरेन्द्र कनौडियाको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानको विरोध नगरी प्रक्रियामा असहमति जनाएको हो।
कांग्रेसका भातृ संगठनले पनि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला बुटवललाई तोकिएको अस्थायी राजधानी सारिएको भन्दै प्रदर्शन गरेको छ। बुटवलमा चार वटा सरकारी गाडी तोडफोड भएका छन्।
भालुवाङलाई प्रदेश राजधानी तोकिएपछि दाँङमा भने खुशियाली छाएको छ । प्रदेश ५ लाई पायक पर्ने स्थानमा राजधानी प्रस्ताव गरिएको भन्दै स्थानीयले खुशियाली मनाएका छन् ।
विकास निर्माणमा पछि परेको नयाँ क्षेत्रमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेश सरकारले प्रस्ताव गरेपछि स्थानीय स्तरमा खुसियाली छाएको हो।
प्रतिक्रिया