प्रदेश राजधानी सारेको विरोधमा बुटवलमा विरोध प्रदर्शन शुरु
२०७७ असोज १६ गते १७:०९
१६ असोज, २०७७ बुटवल । प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव पेश भएलगत्तै बुटवलमा विरोध शुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विरोधमा उत्रिएको हो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
नेवि संघका कार्यकर्ताले बुटवलका विभिन्न ठाउँमा टायर बालेर नाराबाजी गरिरहेका छन् । प्रदेशसभा भवन अगाडी कालिकापथमा एउटा गाडीमा तोडफोडसमेत गरिएको छ
प्रतिक्रिया