कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द
२०७७ असोज १५ गते १८:४२
१५ असोज, २०७७ जुम्ला । ठुलो संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानले आजदेखि सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको हो ।
अस्पतालको सर्जरी, अर्थो र एनेस्थेसिया वार्डमा कार्यरत ४० जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।
अस्पतालका बाँकी कर्मचारी र बिरामीको पिसिआर परीक्षण गरिसकेपछि मात्र सेवा संचालन गर्ने टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया