लकडाउन अवधिको विद्युत महशुलमा जरिवाना लिएको विरोधमा सांसद धर्नामा

हिमालय टिभी
२०७७ असोज १३ गते १३:१५
लकडाउन अवधिको विद्युत महशुलमा जरिवाना लिएको विरोधमा सांसद धर्नामा

१३ असोज, २०७७ पर्सा । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले लकडाउन अवधिको विद्युत महशुलमा समेत २५ प्रतिशत जरिवाना लिएको विरोधमा सांसदले धर्ना दिएका छन् ।

जनता समाजवादी पार्टी वीरगञ्ज नगर समितिले गरेको विरोध कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य मञ्जुर आलम लगायतका नेता कार्यकर्ता प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्नामा बसेका हुन् ।

विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरिवाना लिन थालेको र अनावश्यक विद्युत कटौती गरेकोमा विरोध जनाएको सांसद यादवले बताउनुभयो ।

असोज १५ गतेभित्र विद्युत महशुल भुक्तानी गरेका ग्राहकसँग लिइएको जरिवाना रकम अर्को महिनामा मिलान गरिने वीरगंज विद्युत प्राधिकरण वितरण केन्द्रले बताएको छ ।

भदौं २३ गतेबाट निषेधाज्ञा खुकुलो भएपछि भदौ २५ गतेदेखि नै विद्युत महशुल काउन्टर सञ्चालनमा आएका थिए । असोज १५ गतेसम्म महशुल भुक्तानीमा जरिवाना नलाग्नुपर्नेमा विलिङ सिस्टममा प्राविधिक भएको प्राधिकरणको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *