मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

हिमालय टिभी
२०७७ असोज ११ गते १४:५७
मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

११ असोज, २०७७, मकवानपुर । मकवानपुरमा सामरी खोलाले बगाउँदा आज एक दम्पतीको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उहाँकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको थियो । हिजो र अस्ति स्थानीय खोलामा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *