कोरोना संक्रमणबाट बर्दियाको बबई क्याम्पस प्रमुख अग्रवालको मृत्यु
२०७७ असोज १० गते १७:१३

१० असोज, २०७७। बर्दिया । बर्दियाको बबई क्याम्पसका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आज दिउँसो नेपालगन्जको भेरी अस्पताल ल्याउँदै गर्दा प्रमुख अग्रवालको मृत्यु भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ घर भएका ५० वर्षीय अग्रवालले फोक्सोको क्यान्सरको उपचार गराइरहनुभएको थियो ।
गणित विषयका सहप्राध्यापक अग्रवाल करिब एक दशकदेखि क्याम्पस प्रमुखका रुपमा कार्यरत हुनु हुन्थ्यो । असोज ७ गते कोरोना संक्रमण देखिएपछि उहाँ घर मै आइसोलेशनमा बस्नु भएको थियो ।
प्रतिक्रिया