नोभाक जोकोभिचले जिते इटालियन ओपन टेनिसको उपाधि

हिमालय टिभी
२०७७ असोज ६ गते ७:४०
नोभाक जोकोभिचले जिते इटालियन ओपन टेनिसको उपाधि

६ असोज, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सोझो सेटमा जित निकाले ।

जोकोभिचको यो पाँचौ इटालियन ओपनको उपाधि हो । त्यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै ३६ पटक मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

उनले राफायल नाडालको कीर्तिमान भंग गरेका हुन्। नाडालले ३५ पटक मास्टर्स उपाधि जितेका छन् ।

महिलातर्फको उपाधि भने रोमानियाकी सिमोना हलेपले जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *