पेट्रोल लिएर काठमाडौं आउँदै गरेको ट्याङ्कर त्रिशूलीमा खसेर आगो लाग्यो
२०७७ असोज ४ गते १३:२१

४ असोज, २०७७ धादिङ । पेट्रोल बोकेर काठमाडौं आउँदै गरेको एउटा ट्यांकर त्रिशूली नदीमा खसेर जलेको छ ।
ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट ६ सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।
आज बिहान २ बजेतिर नदीमा खसेको ट्यांकर पानीमा डुबेको भए पनि आगो लागेको छ । ट्यांकरका चालक र सहचालक सकुशल सम्पर्कमा आएका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया