भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष राईको निधन
२०७७ असोज ३ गते १४:५३

३ असोज, २०७७, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
हतुवागढी(४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गरापछि उनी यही असोज १ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् ।
उनमा जन्डिस र रक्तचापको समस्या देखिएको बताइएको छ। उपाध्यक्ष राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य समेत हुन् ।
प्रतिक्रिया