सोह्रश्राद्धको प्रसाद खाँदा….(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते ७:१८
सोह्रश्राद्धको प्रसाद खाँदा….(भिडियोसहित)

२ असोज, २०७७, धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० खमौरामा श्राद्धको प्रसाद खाएर विरामी परेका मध्ये १५ जनाको उपचार भइरहेको छ ।

भदौ २७ गते श्राद्धको प्रसाद खाएका उनीहरु २८ गतेदेखि विरामी परेका थिए । अवस्था जटिल बनेपछि उपचारका लागि धनगढी लगिएका १६ मध्ये एकजनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खमौरामा गत भदौ २७ गते टोलभरी प्रसाद बाँडियो । दिउँसो प्रसाद खाएकामध्ये केहीलाई रातिदेखिनै समस्या देखिएको थियो । तर सामान्य पखाला सोचेर उनीहरुले स्थानीय क्लिनिकबाट औषधि ल्याएर खाए ।

पखाला निको हुनुभन्दा झन बढ्न थालेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल तथा नवजीवन अस्पतालमा उपचार थालियो । तर गोदावरी १० का सुरेश बोहराको उपचारकै क्रममा मृत्यु भयो ।

श्राद्धमा खाना खाएका कसरी बिरामी परे, त्यो खानामा के थियो भन्ने खुलेको छैन ।

पूर्ण रिपोर्ट आइनसके पनि फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको चिकित्सकले बताएका छन । खानामै बिषादी परेको हो या रुख मुनी खाना पकाएकाले त्यहाँ विषाधि परेको हो भन्ने यकिन छैन । यसबारेमा सेती प्रादेशिक अस्पतालले अनुसन्धान गरिरहेको छ ।

श्राद्धको प्रसाद खाँदा गाउँका धेरै मानिस बिरामी पर्दा स्थानियबासिन्दामा अहिले त्रास छ । विरामी मध्ये १ जना बालक आइसियुमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *