नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
२०७७ असोज १ गते ९:४८
१ असोज, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज पुनः अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ चार किलोमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो।
पहिरो खस्ने क्रम अझै नरोकिएको कारण पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण आवागमन रोकिंदा बिहानैदेखि दुबैतर्फ सवारी साधनको लाम लागेको छ।
यसअघि हिजो र अस्ति बिहान पनि पहिरोका कारण सडब बन्द भएको थियो । वर्षाका कारण सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आइरहेको छ ।
प्रतिक्रिया