नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

हिमालय टिभी
२०७७ भदौ ३१ गते १३:४३
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

३१ भदौ, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहाडबाट लेदो आएर सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण पहाडबाट लेदो झर्ने क्रम रोकिएको छैन ।

सडकमा रहेको लेदो हटाउन डोजर पुगेपनि निरन्तर वर्षा भइरहेका कारण लेदो हटाउन समस्या भएको छ । वर्षायाममा सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *