समस्यामा परेकालाई छोरी मैया स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

हिमालय टिभी
२०७७ भदौ २८ गते १३:३५
समस्यामा परेकालाई छोरी मैया स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

२८ भदौ, २०७७ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका ५५ जनालाई छोरी मैया स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ ।

काम गर्न नपाएर हातमुख जोर्न समस्या भएका र सडकमा बस्नेहरुलाई प्रतिष्ठानले सहयोग गरेको हो । एक जनालाई १० किलो चामल, एक किलो च्यूरा, एक लिटर खाने तेल, मस्यौरा, बिस्कुट र जीवनजल सहयोग गरेको प्रतिष्ठानका सचिव सुजाता श्रेष्ठले जानकारी दिनुभयो ।

सक्षम महिला समूह भैंसेपाटीका संयोजक प्रज्ञासिंह राणा र अमेरिका बस्ने डाक्टर सरोज श्रेष्ठको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *