कोरोना संक्रमित बढेपछि तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

हिमालय टिभी
२०७७ भदौ २० गते १३:३८
कोरोना संक्रमित बढेपछि तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

२० भदौ, २०७७, तनहुँ । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ ।

आँबुखैरेनी गाउँपालिका ३ को शिवालयमा १२ बेडको आइसोलेसन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

४ वटा कोठामा ३र३ जनाका दरले १२ जनालाई राख्न सकिने गरी आइसोलेसन बेड तयार गरिएको हो ।

मानिसको चहलपहल समेत कम रहेको मर्स्याङ्दी किनारमा रहेको शिवालयमा संक्रमितहरुलाई राख्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *