समयमै उपचार नपाउँदा सर्पदंशबाट मृत्यु हुनेको संख्या दोब्बर बढ्यो

हिमालय टिभी
२०७७ भदौ २० गते ७:२९
समयमै उपचार नपाउँदा सर्पदंशबाट मृत्यु हुनेको संख्या दोब्बर बढ्यो

२० भदौ, २०७७, बाँके । लकडाउनका कारण समय मै उपचार नपाउदा यो बर्ष सर्पको टोकाइमा परेर मृत्यु हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ ।

गत बर्ष सर्पले टोकेर नेपालगन्जको भेरी अस्पतालमा ८ जनाको मृत्यु भएकोमा यो बर्ष मृत्यु हुनेको संख्या बढेर १५ पुगेको छ । कोरोना संक्रमणको त्रास र लकडाउनका कारण समय मै एम्बुलेस लगायत सबारी साधन नपाउदा सर्पले टोकेका बिरामीहरु समयमै अस्पताल पुग्न नसक्दा मृत्युदर बढेको हो ।

समय मै सबारी साधन नपाउदा ढिलो गरी अस्पताल पुग्ने र नजिकका अस्पतालहरुले कोरोना संक्रमणको जोखिम दोखएर उपचार नगरेर नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिदिने गरेका कारण दाङ, सुर्खेत , बर्दिया र कैलाली लगायत छिमेकी जिल्लाका बिरामीहरुलाई अस्पताल लैजाँदा लैजाँदै बाटैमा मृत्यु हुने क्रम पनि बढेको छ ।

साउन महिनाको पहिलो सातादेखि नै भेरी अस्पतालको इमरजेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले डसेका बिरामीहरुले भरिने गरेका छन् । इमरजेन्सी वार्ड र आइसीयु वार्डका आधाभन्दा बढी बेडमा सर्पले डसो बिरामीहरुको उपचार हुने गरेको छ ।

भेरी अस्पतालमा इमरजेन्सी वार्डमा १६ र आइसीयु वाडमा ६ वटा बेड छन् । सर्पले डसेका गम्भीर अवस्थाका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *