वीरगञ्जमा निषेधाज्ञा केही खुकुलो बनाइयो
२०७७ भदौ १९ गते १३:४४

१९ भदौ, २०७७, पर्सा । कोरोना संक्रमण रोक्नभन्दै एक महिनादेखि वीरगञ्जमा जारी गरिएको निषेधाज्ञा वीरगंजमा खुकुलो बनाइएको छ ।
हिजो बेलुका बसेको सर्वपक्षीय बैठकको सुझाव अनुसार पर्सा जिल्ला प्रशासनले वीरगंज महानगरपालिका क्षेत्रभित्र निरन्तर रहेको निषेधाज्ञालाई भाद्र २५ गते राति १२ बजेसम्म निरन्तरता दिइएको छ भने बजार तथा पसल खोल्न आलो पालोको व्यवस्था गरिएको छ ।
अब सोमबार, बुधबार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहीबार बजारमा रहेका पसलहरुमध्ये पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइने छ ।
पसलहरु बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म र तरकारी तथा फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ ।
प्रतिक्रिया