सडक स्तरोन्नति नहुँदा स्थानीयलाई यस्तो सास्ती

हिमालय टिभी
२०७७ भदौ १७ गते ६:२०
सडक स्तरोन्नति नहुँदा स्थानीयलाई यस्तो सास्ती

१७ भदौ, २०७७, धनकुटा । दुई दशक यता धनकुटामा सडक निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । गाँउ गाँउ मात्र नभइ टोल टोलसम्म सडक पुगेको छ ।

तर स्तरोन्नती हुन नसक्दा बर्खामा हिलो र हिउँदमा धुलोका कारण आवतजावतमा यात्रुले सास्ती खेप्नुपरिरहेको छ । ट्रयाक खोलिएका सडक मात्र नभइ ठुला र महत्वपूर्ण सडकमा समेत उस्तै समस्या छ ।

दुई दशक यता धनकुटामा एक हजार पाँच सय किलोमिटरभन्दा बढि सडक खनिएको छ । धनकुटाका गाउँगाउँसम्म सडक पुगेको छ । तर हिउँदमा जसोतसो सञ्चालनमा आउने सडक बर्खामा भने प्राय बन्द हुन्छ । सञ्चालन हुने सडकमा समेत निक्कै सास्ती हुने गरेको छ ।

बिरामी पर्दा एम्बुलेन्स सञ्चालन गर्न, गाँउसम्म दैनिक उपभोग्य सामाग्री पुर्याउन तथा गाँउमा कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन मद्दत गर्ने भनेर खनिएका यी सडकमा अहिले ओहोर दोहोर गर्ने समस्या भइरहेको छ ।

ग्रामीण क्षेत्रका धुले सडक मात्र हैन धनकुटा सदरमुकामबाट ग्रामीण क्षेत्रका महत्बपुर्ण बजार तथा अन्य जिल्ला जोड्ने ठुला लगानीका सडकको अबस्था पनि नाजुक छ । बर्खा लागेसंंगै कतिपय सडक पहिरोले सञ्चालनमा समस्या हुने गरेको छ ।

धनकुटाको भेडेटारबाट छ नम्बर वुधवारे हुँदै पाँचथर, हिलेवाट पाख्रीवास–लेगुवा हुँदै भोजपुर, मुलघाटबाट पाँचथर जाने सडक तथा हिले–छिन्ताङ सडक खण्ड, त्रिशुले–अर्खौले सडक खण्ड, जोरपाटी–चुलाचुली सडक खण्ड, मुलघाट–सफाइटार सडक–खण्ड जोड्ने सडक अहिले हिलाम्य छन् । सडककै कारण बाटैमा बिरामीको मृत्यु हुने अबस्था रहेको जनप्रितनिधिकै गुनासो छ।

कतिपय सडक निर्माणाधिन छन् भने अधिकाशं सडक स्तरोनन्ती हुन नसक्दा वर्खामा हिलो तथा हिउँदमा धुलोको समस्या छ । जिल्ला समन्वय समिति धनकुटाले भने अब सडकको ट्रयाक खोल्ने काम सकिएकाले सडकको स्तारोन्नती गर्न पहल गर्ने बताउँदै आएको छ ।

यसअघिनै तत्कालिन जिल्ला विकास समितिले नयाँ ट्रयाकमा लगानी बन्द गरी पुराना सडकको स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर जिल्ला विकास समिति खारेज भए र स्थानिय तह गठन भएपछि स्थानिय तहले पुन नयाँ सडक खनेकाले समस्या बल्झिएको हो । अहिले न त नयाँ सडकनै राम्रो संग सञ्चालन हुने अबस्थामा छन् न त पुरानो सडकनै सञ्चालन हुने अबस्थामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *