जोखिम भत्ता माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक, नर्स र कर्मचारी आन्दोलनमा

हिमालय टिभी
२०७७ भदौ १६ गते १५:०५
जोखिम भत्ता माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक, नर्स र कर्मचारी आन्दोलनमा

१६ भदौ, २०७७ झापा । जोखिम भत्ता नपाएपछि झापाको मेची अंचल अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

पहिलो चरणमा उनीहरुले विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । सरकारले कोभिड १९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेको छ ।

तर मेची अस्पतालमा कार्यरतले भने ५ महिनादेखि भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले तत्काल भत्ता उपलव्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदन दिएका छन् । माग सुनुवाइ नभए भदौ २३ गतेदेखि सेवा ठप्प पार्ने उनीहरुको चेतावनी छ ।

सरकारले कोरोना संक्रमणविरुद्ध अग्रपंतिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ताको व्यवस्था गरेको छ । तर धेरै अस्पतालले भने भत्ता दिएका छैनन् । यसले आफुहरुको मनोवल घटेको स्वास्थ्यकर्मीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *