कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा निषेधाज्ञा

हिमालय टिभी
२०७७ भदौ १५ गते १२:४४
कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा निषेधाज्ञा

१५ भदौ, २०७७, दाङ । कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञासँगै जिल्लामा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही बजार पूर्ण रुपले बन्द भएका छन् ।

गएराती १२ बजेदेखि यही भदौ २१ गते रातीसम्मका लागि निषेधाज्ञा गरिएको हो । जिल्लामा कोरोना संक्रमणको भयावह अवस्था हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ ।

नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *