आइसोलेसन तोडफोडको आरोप पक्राउ परेकामध्ये दुई जनामा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ भदौ १३ गते १५:०१
आइसोलेसन तोडफोडको आरोप पक्राउ परेकामध्ये दुई जनामा कोरोना संक्रमण

१३ भदौ, २०७७, संखुवासभा । संखुवासभामा आइसोलेसन तोडफोड गरेको भन्दै पक्राउ परेका मध्ये दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

खाँदबारीस्थित हिमालय किरण क्याम्पसको आइसोलेसन तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।

ति मध्ये ६० र ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका चारजना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ ।

प्रहरीबाटै थुनुवामा संक्रमण सरेको आशंका गरिएको छ । संक्रमित थपिएपछि जिल्लामा आवतजावतमा कडाइ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *