Main News
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
२०७७ भदौ १२ गते १३:२३

१२ भदौ, २०७७ काठमाडौं । अरबपति उद्योगी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
पीसीआर टेष्टमा आज बिहान आफूलाई कोरोना पोजेटिभ देखिएको चौधरीले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । तर अहिलेसम्म आफूलाई कुनै लक्षण नदेखिएको पनि उहाँले बताउनु भएको छ ।
चौधरीले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।
प्रतिक्रिया