धनकुटामा निषेधाज्ञा थप एक साताका लागि लम्बियो

१२ भदौ, २०७७, धनकुटा । धनकुटामा थप एकसाता निशेधाज्ञा लम्ब्याइएको छ ।
जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले निशेधाज्ञा एकसात थप्ने निर्णय गरेको हो । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर रिर्पोट नआएकाले धनकुटामा कोरोना भाइरस समुदायमा फैलन नदिनका लागी भदौ १७ गते रातीसम्म धनकुटा जिल्लाभरीनै निषेधाज्ञ जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो । यस अघि भदौ ४ गते एक हप्ताका लागि जिल्ला भरी निषेधाज्ञा गरिएको थियो ।
यसैगरी स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।
प्रतिक्रिया