बिजुली अनियमित हुँदा सास्तीमा भोजपुरका बासिन्दा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १० गते १५:०८
बिजुली अनियमित हुँदा सास्तीमा भोजपुरका बासिन्दा (भिडियोसहित)

१० भदौ, २०७७ भोजपुर । भोजपुरमा दिनहुँ विद्युत अवरुद्ध हुँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ । बिना तालिका बिजुली जाँदा स्थानीय बासिन्दा हैरान छन् । कहिले लो र कहिले हाई भोल्टेज आउँदा विद्युतीय सामग्रीमा समेत क्षति हुने गरेको छ ।

केही समय यता भोजपुरमा बिना तालिका बिजुली जाने गरेको छ । दिनहुँ बिजुली अनियमित हुँदा व्यावसायी र स्थानीय अरु बासिन्दा मारमा परेका छन् ।

सब स्टेसन दुहवीबाट १७३ किलोमीटरको दुरीमा रहेको भोजपुरमा ३३ केवी प्रशारण लाइनबाट बिजुली आउँछ। भोजपुरसँगै, संखुवासभा, तेह्रथुममा पनि एउटै तारबाट बिजुली जाने तथा संखुवासभा र तेह्रथुमको सवस्टेसन समेत दुहवी नै भएकाले समस्या हुने गरेको प्राधिकरणले जनाएको छ ।

नियमित विद्युत प्रवाह नहुँदा कलकारखाना, कार्यालय, होटल, व्यवसाय तथा सञ्चार माध्यममा समस्या हुने गरेको छ । विद्युत नहुँदा दैनिकजसो कार्यसम्पादन गर्न नसकिएको भन्दै समस्या समाधानका लागि पहल थाल्न उपभोक्ताले आग्रह गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *