रुकुमपश्चिममा लागुऔषध कारोबारीमाथि गोली प्रहार, दुई जना पक्राउ

१० भदौ, २०७७, रुकुमपश्चिम । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ४ ठाराढुंगाबाट उनीहरुलाई प्रहार गरिएको हो ।
प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् । अर्का एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
मुसीकोट नगरपालिका वडा नम्वर ११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका सोही ठाउँकै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् भने जयप्रकाश घर्ती भागेका छन् ।
केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले अभियान चलाइरहेको छ ।
प्रतिक्रिया