बुटवल विशेष कोरोना अस्पतालमा प्लाज्मा थेरापी उपचार सेवा शुरु

हिमालय टिभी
२०७७ भदौ ८ गते १८:०९
बुटवल विशेष कोरोना अस्पतालमा प्लाज्मा थेरापी उपचार सेवा शुरु

८ भदौ, २०७७ बुटवल । बुटवलको विशेष कोरोना अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू भएको छ ।

कोरोना संक्रमित भएर निको भएकाको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया थालिएको हो ।

भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई आजबाट प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिनुभयो ।

जटिल संक्रमितका लागि प्लाजमा थेरापी प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले प्लाज्मा थेरापी उपयोगी हुने चिकित्सकको विश्वास छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना संक्रमित आईसीयूमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *