Main News
वीर अस्पतालमा कोरोना संक्रमितको उपचार सामग्री अभाव
२०७७ भदौ ८ गते १७:१४

८ भदौ, २०७७ काठमाडौं । वीर अस्पतालले कोरोना संक्रमितको उपचारको लागि स्वास्थ्य सामग्री अभाव भएको बताएको छ ।
टेन्डर प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न खोजे पनि बजारमा स्वास्थ्य सामग्री नपाउँदा समस्या भएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताउनुभयो ।
अस्पतालमा स्वास्थ्यकर्मीको लागि आवश्यक पीपीई, मास्क लगाएतका स्वास्थ्य सामग्रीको अभाव भएको हो । अस्पतालमा ओपीडि, इमर्जेन्सि लगाएतका सम्पूर्ण सेवा सञ्चालनमा छन् ।
आवश्यक स्वास्थ्य सामग्री नहुँदा स्वास्थ्यकर्मीसँगै अन्य उपचाररत विरामी पनि कोरोना संक्रमणको जोखिममा रहेको निर्देशक सेन्चुरीको भनाई छ ।
अहिले वीर अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।
प्रतिक्रिया