लिदी पहिरोमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, सात जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ भदौ ६ गते १८:५७
लिदी पहिरोमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, सात जना अझै बेपत्ता

६ भदौ, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव आज भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

गत साउन ३० गते गएको पहिरोमा पुरिएका ३५ वर्षीया सानोकान्छी दोङ र उहाँकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधब काफ्लेले जानकारी दिनुभयो । अझै ७ जना वेपत्ता छन ।

पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *