राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ, दुई छोराले दिए मुखाग्नी (भिडियोसहित)

३ भदौ, २०७७, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरको पार्थिव शरीरमा छोराहरु ईन्दिवर र राजीव घिमिरेले मुखाग्नी दिनुभयो ।
राष्ट्रकवि घिमिरेलाई मन्त्री, विभिन्न दलका नेता, कवि, साहित्यकार, कलाकार र शुभचिन्तकले घिमिरे निवास र पशुपति आर्यघाट पुगेर अन्तिम विदाई गरे ।
घिमिरे निवास कपुरधारा पुगेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई श्रद्धाञ्जली दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले घिमिरेको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सरकारका तर्फबाट सम्मान गर्नुभयो ।
राजनीतिज्ञ, कवि कलाकार सहित विभिन्न क्षेत्रका व्यक्तिले घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरे ।
नेपाली सेनाले राष्ट्रकवि घिमिरेलाई २०७४ सालमा मानार्थ जर्नेलको उपाधि दिएको थियो । त्यसैले अन्त्येष्टिमा नेपाली सेना खटिएको थियो ।
घरमै श्रदाञ्जली दिएपछि घिमिरेको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगियो ।
पशुपतिमा घिमिरेका आफन्तले अन्तिम विदाई गरे । यस्तै नेपाली सेनाले सम्मान अर्पण गर्यो ।
छातीमा इन्फेक्सन देखिएपछि १५ दिनयता उहाँलाई घरमै अक्सिजन दिएर राखिएको थियो । र, मंगलवार बेलुकी ५ बजेर ५५ मिनेटमा उहाँको निधन भयो । दिवंगत घिमिरे नेपालीलाई राष्ट्र र राष्ट्रियताको चेतना जगाउने एउटा अगुवा हुनुहुन्थ्यो
नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्य साधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका रुपमा पनि चिन्छन्। ‘गौरी’ ‘राजेश्वरी’, ‘इन्द्रकुमारी’, ‘राष्ट्रनिर्माता’ ‘मालती मंगले उहाँका चर्चित कीर्ति हुन ।
पछिल्लो पटक उहाँ ऋतंभरा महाकाव्य लेख्नुभएको छ । तर प्रकाशन हुन बाँकी छ । घिमिरेका “गाउँछ गीत नेपाली”नेपाली हामी रहौंला कहाँ नेपालै नरहे फूलको थुङ्गा बगेर गयोु आजै र राति के देखेँ सपना राष्ट्रकविका चर्चित गीत हुन । जुन नेपाली जनजीब्रोमा झुण्डिएका छन ।
प्रतिक्रिया