प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ३० गते १५:१४
प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, २०७७, मोरङ । मोरङमा ६२ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २० पुरुष र १३ महिला गरी ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै मोरङको रंगेलीमा १९ पुरुष र ९ महिला गरि २८ जना संक्रमित भेटिएका छन् भने सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।यस्तै सुनसरीमा १८ पुरुष र ४ महिला गरी २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता झापामा ९ पुरुष र २ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।धनुषा र सिरहाको विष्णुपुरका १/१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *