मेची अञ्चल अस्पतालबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज
२०७७ साउन ३० गते १५:०४

३० साउन, २०७७, झापा । मेची अञ्चल अस्पतालमा उपचाररत आज १७ कोरोना संक्रमित जना डिस्चार्ज भएका छन् ।
साउन १९ गतेदेखि मेची अञ्चल अस्पतालमा २२ जना कोरोना संक्रमितहरुमध्ये आज नेगेटिभ नतिजा आएकाहरु घर फर्किएका हुन् । १७ जनामा १ महिला र अन्य पुरुष रहेका छन् ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायतको टिमले पुष्पगुच्छा, अबिर र निरोगिताको प्रमाणपत्र दिएर बिदा गरेका थिए ।
झापाको अर्जुनधारा नगरपालिकाका २ जना, भद्रपुरका १ बिर्तामोडका १, दमकका २, गौरिगंज गाउँपालिकाका २, कचनकबल गाउँपालिकाका ३, मेचीनगरपालिकाका ३ र सुर्योदय नगरपालिका ईलामका २ जना रहेका छन् ।
अस्पतालमा अझै ५ जना उपचारको क्रममा रहेको र रिपोट नेगेटिभ आउना साथ विदा दिने डाक्टर गोविन्द कँडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया