कालिकोटमा पहिरोमा पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

३० साउन, २०७७ कालिकोट । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ नकु गाउँमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा परेर १३ वर्षीया पुष्प विष्ट, ११ बर्षका पर्विन विष्ट, १८ बर्षीया सविना विष्ट, १५ बर्षीया आशा विष्ट, १९ बर्षीया शान्ति विष्ट, र १० बर्षीया रेखा विष्टको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिनुभयो ।
स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले उद्धारका लागि प्रहरी परिचालन गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।
प्रतिक्रिया