कोरोनाको हटस्पट नेपालगञ्जका विभिन्न स्थानका ३० जना संक्रमित निको भए
२०७७ साउन २९ गते १५:५१

२९ साउन, २०७७ बाँके । कोरोना संक्रमणको हट स्पट बनेको नेपालगन्जको त्रिभुवनचोकका बासिन्दा तथा आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी गरी ३० जना संक्रमित निको भएर आइसोलेसनबाट डिस्चार्ज भएका छन ।
त्रिभुवन चोकका १६, आन्तरिक राजस्व कार्यालयका ११ जना र उपमहानगरपालिकाका ६ जना कर्मचारी संक्रमण मुक्त भएका हुन् ।
उनीहरु नेपालगन्जका बिभिन्न आइसोलेशनबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आन्तरिक राजस्वका अधिकृतसहितका कर्मचारी र उनीहरुको परिबारका सदस्यलाई कार्यालयको एउटा भवनमा अस्थायी आइसोलेसन स्थल बनाएर राखिएको थियो ।
प्रतिक्रिया