कर्णाली नदीले भत्कायो करिब ९० प्रतिशत तटबन्ध, बाढीबाट राजापुर असुरक्षित (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २९ गते ६:३५
कर्णाली नदीले भत्कायो करिब ९० प्रतिशत तटबन्ध, बाढीबाट राजापुर असुरक्षित (भिडियोसहित)

२९ साउन, २०७७ बर्दिया । बर्दियाको राजापुर क्षेत्र नदी कटानको जोखिममा छ । राजापुर नगरपालिका–३ स्थित तिग्रा क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ । कर्णाली नदीले तटबन्ध भत्काएपछि बाढी बस्तिमा पस्ने जोखिम बढेको छ ।

केही दिनदेखिको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीको वहाब उच्च भएपछि कटान तीव्र बनेको छ । स्थानीय बासिन्दा कतिखेर नदीको बाढी बस्तीमा पस्ने हो भन्ने डरले रातभर सुत्दैनन् ।

कर्णाली नदीको बाढीले २०७० सालमा राजापुर क्षेत्र डुबानमा परेको थियो । त्यसपछि २०७१ सालमा कर्णाली नदी ब्यवस्थापन आयोजना स्थापना गरी कर्णाली नदी नियन्त्रणको काम हुँदै आएको छ । तर आयोजनाले नै बनाएको तटबन्ध भत्काएर नदी बस्तिमा छिर्ने जोखिम छ । त्यसैले कटानबाट हुने क्षति रोक्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा अस्थायी तटबन्ध बनाउन व्यस्त छन् ।

आयोजना र निर्माण कम्पनीकै कारण अहिलेको स्थिति आएको स्थानीय जनप्रतिनिधिको आरोप छ । तर आयोजना भने आफ्ना कारण समस्या परेको मान्न तयार छैन ।

तर्क आ–आफ्ना हुन सक्छन, तर कुरा समस्याको हो र त्यो समस्या अहिले राजापुर क्षेत्रका बासिन्दाले भोगिरहेका छन । त्यसैले उनीहरुको समस्या समाधान हुने गरी काम गर्नुपर्छ ।

किनकी कटानका कारण कर्णाली नदीको तटबन्ध फुटेमा राजापुर नगरपालिकाको वडा नं ३, ४ र ७ का करिब ३ हजार घरपरिवार प्रभावित हुने छन् । यस्तै हजारौ विगाहा जमिनको खेतीबाली क्षती हुने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *