नेपालगञ्ज कारागारका कैदीबन्दीलाई बर्दिया र दैलेख सार्ने तयारी

हिमालय टिभी
२०७७ साउन २७ गते १३:१७
नेपालगञ्ज कारागारका कैदीबन्दीलाई बर्दिया र दैलेख सार्ने तयारी

२७ साउन, २०७७ बाँके । बाँकेको नेपालगन्ज कारागार कार्यालयमा कोरोना संक्रमण फैलिएपछि ४७ जना महिला कैदीबन्दीलाई बर्दिया र दैलेख सार्ने तयारी गरिएको छ ।

३० जनालाई दैलेख र बाँकीलाई बर्दिया सार्ने गरी तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताउनु भयो । बाँके कारागारमा रहेका ७ जना पुरुष कैदी बन्दीलाई साउन २० गते कोरोना संक्रमण देखिएको थियो ।

बाँके कारागारमा ७ सय ४० जना पुरुष र ४७ जना महिला कैदीबन्दी छन् । महिला वार्डमा रहेका कैदीबन्दीलाई बर्दिया र दैलेखमा सारेर खाली गरी आइसोलेशन वार्डमा परिणत गर्ने तयारी भइरहेको छ ।

कारागारमा रहेका थप कैदी बन्दीमा कोरोना संक्रमण देखिएमा त्यही आइसोलेशन वार्डमा राख्ने गरी व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनु भयो ।

कोरोनाको संक्रमण फैलिएपछि नेपालगन्जको आन्तरिक राजस्व कार्यालय र वडा प्रहरी कार्यालयलाई शिल गरेर आइशोलेशन स्थलमा परिणत गरिएको छ । बाँकेका कोरोना संक्रमितमध्ये २० देखि २५ प्रतिशतमा लक्षण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *