बाँकेका अस्पतालमा प्रसुती वार्ड सिल, सुत्केरी हुने महिला समस्यामा

हिमालय टिभी
२०७७ साउन २६ गते १८:४८
बाँकेका अस्पतालमा प्रसुती वार्ड सिल, सुत्केरी हुने महिला समस्यामा

२६ साउन, २०७७, बाँके । शल्यक्रिया सुविधा भएका नेपालगन्ज र कोहलपुरका तीन वटै अस्पतालका प्रसुती वार्ड शिल भएपछि सुत्केरी हुने महिला समस्यामा परेका हुन् ।

सुत्केरी हुन आउने महिला, स्वास्थ्यकर्मी र चिकित्सकमा संक्रमण देखिएपछि नेपालगन्जको भेरी अस्पताल र नेपालगन्जको मेडिकल कलेजको नेपालगन्ज तथा कोहलपुरस्थित शिक्षण अस्पतालको प्रसुती वार्ड सिल गरिएको हो ।

शिक्षण अस्पताल नेपालगन्जकी स्त्री रोग विशेषज्ञ नै संक्रमित भएपछि आजदेखि नेपालगन्जको मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालको प्रसुती वार्ड पनि शिल भएपछि गर्भवती र सुत्केरी हुने महिला समस्यामा परेका छन् ।

नेपालगन्जको भेरी अस्पतालमा दैनिक २० देखि २५ जनासम्म सुत्केरी हुँदै आएका थिए । ती मध्ये ५ देखि ६ जनालाई शल्यक्रिया गरेर सुत्केरी गराइँदै आएको भेरी अस्पताल नेपालगन्जका स्त्री रोग विशेषज्ञ डाक्टर कुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *